

चीनमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको जारी खेलमा नेपालले दोस्रो जित निकालेको छ ।
आइतबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गरेको हो । नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले १९.४ ओभरमा १० विकेट गुमाउँदै ७४ रन मात्रै बनाउन सक्यो । जितसँगै नेपाल क्वाटरफाइनलमा पुगेको छ ।
माल्दिभ्सका लागि मुआवियाथ घनीले ३६ रन, रसिद रासमले १२ रन र फरीद शिउसले १० रन बनाए । अन्यले दोहोरो रन जोड्न सकेनन् ।
नेपालका लागि अविनाश बोहराले ६ विकेट लिए । सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए ।
टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन जोडेको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ५२, गुल्सन झाले ३५ , कुशल मल्लले ४७ र कुशल भुर्तेलले ३५ रन बनाएको खेलमा माल्दिभ्सले फराकिलो चुनौती पाएको हो ।
यसो त ६७ रनमा ४ विकेट गुमाएको नेपालको खेललाई रोहित, गुल्सन र कुशल मल्लले सम्हालेर २१३ रनको लक्ष्य दिएका हुन् ।
नेपालले पहिलो खेलमा मंगोलियालाई हराएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |