आजदेखि आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । विश्वकपको उद्घाटन खेल भारतको नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार आज दिउँसो सवा २ बजे इङ्ल्यान्ड र न्युजिल्यान्ड खेल्दैछन् ।
प्रतियोगिताको भव्य उद्घाटनको तयारी छ ।यो स्टेडियममा एक लाख ३२ हजार जना दर्शक अट्न सक्ने क्षमता छ । भारतले उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न कला, कौशल र प्रविधिको प्रयोग गर्नेछ ।
इङ्ल्यान्ड अघिल्लो संस्करण सन् २०१९ को विजेता र न्युजिल्यान्ड उपविजेता हो । यो विश्वकपका खेलहरू भारतका १० वटा सहर–अहमदाबाद, धर्मशाला, नयाँ दिल्ली, मुम्बई, पुने, चेन्नई, हैदराबाद, कोलकाता, लखनउ र बेङ्लोरमा हुनेछन् ।
विश्वकपमा भारत, अफगानिस्तान, अस्ट्रेलिया, बङ्लादेश, इङ्ग्ल्यान्ड, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलङ्का गरी १० वटा देश सहभागी छन् । दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज भने यस पटक छनोट हुन सकेन । आजदेखि शुरु हुने विश्वकप आउँदो नोभेम्बर १९ तारिखसम्म ४६ दिन चल्नेछ ।
राउन्ड रोबिनका आधारमा प्रतियोगिता हुने भएकाले सबै देशले एक अर्कासँग खेल्नेछन् । प्रतियोगितामा १० वटा टोलीबीच ४८ खेल हुनेछ । शीर्ष चारमा पर्ने देश सेमिफाइनलमा पुग्नेछन् । सन् १९७५ देखि शुरु भएको एकदिवसीय विश्वकपको यो १३ औँ संस्करण हो । यस पटकको विजेताले ४० लाख डलर, उपविजेताले २० लाख डलर र सेमिफाइनलमा पराजित हुनेले ८ लाख डलर पुरस्कार पाउनेछन् ।
एकदिवसीय विश्वकपमा सबैभन्दा सफल टोली अस्ट्रेलिया हो । अस्ट्रेलियाले पाँच पटक विश्व कप जितेको छ । भारत र वेस्ट इन्डिजले समान दुई/दुई पटक तथा श्रीलङ्का, पाकिस्तान र इङ्ल्यान्डले एक/एक पटक उपाधि जितेका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |