

त्रिकोणात्मक टि२० आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपालले पाहुना टोली युएईलाई ७ विकेटले पराजित गरेको हो ।
युएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो ।
नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकिय पारी खेले। उनले ४० बलमा ५ चौकाको मद्धतमा ५१ रन बनाए ।उनलाई राम्रो साथ दिएका दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाए।
ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १४ र २३ रनको योगदान गरे । कुशल मल्ल ९ रन बनाउँदै रनआउट हुन पुगे ।
युएईका लागि निलांस केसवानी र अली नसीरले समान एक/एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ थालेको युएईले २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको थियो ।
युएईका लागि कप्तान मोहम्मद वसीमले १७ रन बनाउँदा अलिशान शराफुले ६ रन जोडे । यस्तै, अली नसीरले ३२ रन, बासिल हमिदले ५१ रन, आसिफ खानले १५ रन बनाए ।
संचित शर्माले २ रन र निलांस केसवानीले ४ रन जोड्दा खालिद शाह र मोहम्मद फराजुद्दीन भने शुन्य रनमै आउट भए ।
नेपालका लागि करण केसीले तीन विकेट, गुलसन झाले दुई विकेट लिँदा सोमपाल कामी र अविनाश बोहराले एक-एक विकेट लिए।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |