

धादिङ । धादिङ जिल्लाको भलिबल टिमका क्याप्टेन मनोजकुमार श्रेष्ठ मृत फेला परेका छन् ।
श्रेष्ठ सिद्धलेक गाउँपालिका-३ सलाङस्थित ढोडेनीमा आफु बसेकै घर नजिकै झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी(डीएसपी) सन्तुलाल प्रसाद जैसवालले बागमती कलमलाई जानकारी दिनुभयो ।
धादिङकै गगांजमुना गाउँपालिका-४ गुम्दी घर भएका श्रेष्ठ बुधबार नलाङको खिर्रेमा तमु युवा समाजद्वारा आयोजित खुल्ला पुरूष भलिबल खेल्न गएका थिए।
श्रेष्ठ आबद्ध सलाङ-३कै टिमले बुधबार भएको खेल पनि जितेको थियो । उनी दिनभर खेल खेलेर साथीहरुसँग बास बस्न ढोडेनी पुगेको बताइएको छ।
बिहान ६ः४५ बजे शव भेटिएको भन्दै खबर आएपछि जिल्ला प्रहरी कार्यालय धादिङबाट इन्स्पेक्टरसहितको टोली घटनास्थलतर्फ पठाइएको डिएसपी जैसवालले बताउनुभयो।
श्रेष्ठकी श्रीमती विदेशमा छिन् ।
मृत्युको कारण पोष्टमार्टम जाँचपछि खुल्ने प्रहरीले जनाएको छ।
मनोजले केहि बर्ष यता धादिङमा भएको साना तथा ठुला १०० भन्दा बढी भलिबल खेलहरु खेलि सकेको धादिङ भलिबल संघका अध्यक्ष अमृत गुरुङ(तिलक)ले जानकारी दिनुभयो ।
उनले विगत २ वर्ष यता जिल्ला बाहिर भएको दर्जनौं प्रतियोगिताहरु समेत खेलिसकेका छन् ।
मनोजकै कप्तानीमा रहेको धादिङ जिल्ला भलिबल टिमले एक हप्ता अघिमात्रै रामेछापमा भएको बागमती प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता जितेको थियो भने केही महिना अघि भएको सातौं प्रधानमन्त्री कप एनभिए पुरुष राष्ट्रिय भलिबलको उपाधी मनोज सम्मीलित टिपटप हेल्प नेपालले जितेको थियोे।
श्रेष्ठको निधनले नेपाल भलिबललाई ठुलो क्षति भएको धादिङ भलिबल संघले जनाएको छ।
उनको निधनप्रती हाल धादिङ जिल्लामा भईरहेकाे आज एकदिनकाे भलिबल खेल प्रतियोगिताहरु स्थगित गरि शाेक मनाउन सम्पूर्ण क्लब तथा संघ,संस्था र आयाेजकहरुलाई धादिङ भलिबल संघले अनुरोध गरेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |