धादिङ । धादिङको नीलकण्ठ नगरपालिका-९ स्थित पाल्पा सामरी भञ्ज्याङ माध्यामिक विद्यालयमा बाघचाल, गट्टा र डण्डी बियो प्रतियोगिता हुने भएको छ ।
संस्कृति सम्पदा संरक्षण तथा परम्परागत खेलकुद प्रवद्र्धन गर्ने उद्धेश्यले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगको आयोजना तथा विद्यालयको समन्वयमा आज बाघचाल, गट्टा र डण्डी बियो प्रतियोगिता हुने विद्यालयका प्रधानाध्यापक नरहरी लम्सालले जानकारी दिनुभयो ।
लोक खेलहरुलाई पुस्ता हस्तान्तरण गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरीएको लम्सालले बताउनुभयो । ६० बर्ष माथिका बिच प्रतिस्पर्धा हुने उक्त प्रतियोगिता बिहान ११ बजदेखी सुरु हुने छ ।
प्रतियोगितमा प्रथम हुनेलाई नगद २ हजार ५ सय, द्धितीय हुनेलाई २ हजार, तृतीय हुनेलाई १ हजार ५ सय र सान्त्वना हुनेलाई १ हजार रुपैँयासहित प्रमाणपत्र प्रदान गरिने प्रधानाध्यापक लम्सालले बताउनुभयो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |