

धादिङ। धादिङमा भोलि शुक्रबार देखि अन्तर माध्यमिक विद्यालय स्तरिय छात्र भलिबल प्रतियोगिता हुने भएको छ।
नेकपा एमाले निकट खेलकुद संगठन नेपाल खेलकुद महासंघ जिल्ला कमिटि धादिङको आयोजनामा नेकोस प्रथम धादिङ जिल्ला अन्तर माध्यमिक विद्यालय छात्र भलिबल कप हुन लागेको हो ।
भोलि शुक्रबार देखि शुरु भई माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिता सदरमुकाम धादिङबेसीस्थित कर्भड हल परिसरमा हुने खेलकुद महासंघ धादिङका अध्यक्ष मदन खड्काले बागमती कलमलाई जानकारी दिनुभयो।
प्रतियोगितामा सरकारी र निजि गरी कुल १२ टिम(मा.वि) सहभागी हुने पनि खड्काले बताउनुभयो ।प्रतियोगिता लिग कम नक आउट प्रणालीमा संचालन हुने छ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजार, द्वितियलाई ३० हजार, तृतियलाई १५ हजार र सान्त्वनालाई ५ हजार रुपैयाँ प्रदान गरिने महासंघका केन्द्रिय सदस्य तथा धादिङ इन्चार्ज सगुन थापा मगरले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |