

धादिङ । नीलकण्ठ नगरपालिकाले १३ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई सम्मान गरेको छ ।
आईतबार धादिङबेशीमा भएको नगरपालिकाको दोस्रो नगरसभाको चौथो अधिवेशनमा प्रतियोगितामा भएको महिला र पुरुष दुबै तर्फको भलिबल, कबड्डी, कँराते, तेक्वान्दो, उसु, एथ्लेटिक्सका फिल्ड इभेन्ट्समा हाइजम्प, लङजम्प, ज्याभलिङ थ्रो, सटपुट लगायतका खेलहरूमा स्वर्ण पदक जित्ने ५१ जना खेलाडीहरुलाई जनही नगद १/१ हजार सहित सम्मान गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख भिम प्रसाद ढुङ्गानाले खेलाडीहरुको हौसला र प्रोत्साहनको लागि सम्मान गरिएको बताउनुभयो।उहाँले राष्ट्रको नाम उँचो हुने गरी खेल प्रदशन गर्न आग्रह गर्दै खेलाडीहरुको आवश्यकता पुरा गर्न प्रयत्न रहेको बताउनुभएको थियो।
माघ १७ गते धादिङबेशीमा सम्पन्न भएको जिल्ला स्तरीय रनिङ शिल्ड नीलकण्ठ नगरपालिकाले २४ स्वर्ण, १३ रजत र ३ कास्य प्राप्त गर्दै उपाधी जितेको थियो ।
नगरपालिकाले लगातार दोस्रो पटक जिल्ला स्तरीय रनिङ शिल्ड जितेको छ । यसअघिको १२ औं राष्ट्रपति रनिङ शिल्ड पनि नीलकण्ठले नै जितेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |