

क्यानडाविरुद्धको एकदिवसीय सिरिज नेपालले क्लीन स्वीप गरेको छ ।
सोमबार टियु मैदानमा सम्पन्न खेलमा नेपालले क्यानडालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज क्लीनस्वीप गरेको हो ।नेपालले ३-० ले सिरिज जितेको छ ।
आज भएको अन्तिम खेलमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालले ४४.३ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
नेपालका लागि अनिल शाह र भीम सार्की शतकीय पारी खेलेका थिए ।
अनिलले अविजित ११२ र भीमले अविजित १०१ रन बनाएका थिए । अनिल र भीमले दोस्रो विकेटका लागि १८९ रनको साझेदारी गरेका थिए ।
यो साझेदारी नेपालको एकदिवसीय इतिहासमा कुनै पनि विकेटका लागि अहिलेसम्मको ठुलो साझेदारी हो ।यस अघि कुशल भुर्तेल र आसिफ सेखले जिम्बाबेविरुद्ध पहिलो विकेटका लागि १७१ रनको साझेदारी गरेका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको थियो ।क्यानडाका लागि नवनीत धलिवालले सर्बाधिक ५० रन बनाएका थिए भने निखिल दत्ताले ४५ रन बनाए । त्यसैगरी हर्ष ठकेरले २९, श्रेयस मोभ्भाले २५, श्रीमान्थ विजेयेरात्नेले २२ तथा साद बिन जफारले अविजित ३१ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर हेमन्त धामीले आफ्नो डेभ्यु खेलमा ३ विकेट लिएका थिए । त्यस्तै कुशल मल्लले २ तथा ललित राजबंशी र आकाश चन्दले एक एक विकेट लिएका थिए ।
यो शृङ्खला लगत्तै नेपालले नामिबिया र नेदरल्याण्ड्स सम्मिलत त्रिकोणात्मक लिग टु शृङ्खला खेल्नेछ ।
यो खेल यही फागुन ३ देखि १३ गतेसम्म कीर्तिपुरमा हुनेछ । नेपालले फागुन ३ र ७ गते नामिबिया तथा फागुन ५ र १३ गते नेदरल्याण्ड्ससँग खेल्नेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |