

नेपाल ए क्रिकेट टिमले क्यानडा-११ सँग तीन खेल खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघले तीन खेलको तालिका सार्वजनिक गरेको छ ।मुलपानी क्रिकेट मैदानमा हुने तीन खेलमा फागुन ६ गते पहिलो खेल, ८ गते दोस्रो खेल र १० गते तेस्रो खेल हुने क्यानले जानकारी दिएको छ।
क्यानले यसअघि क्यानडाविरुद्ध खेल्ने १६ सदस्यीय नेपाल ए टिमको घोषणा गरिसकेको छ।
विनोद भण्डारीको कप्तानीमा रहेको १६ सदस्यीय नेपाल ‘ए’ टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् ।
नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।तस्विर:मुलपानी क्रिकेट मैदान





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |