

नेपालले पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य दिएको छ।
हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको हो।
नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धसतक पूरा गरे। भुर्तेलले आउट हुनुअघि ३९ बल खेल्दै ५९ रन बनाए। उनले ४ चौका र ४ छक्का प्रहार गरे।
यस्तै जोरा २६ बलमा ५६ रनको योगदान दिए। उन ४ छक्का र ३ चौका प्रहार गरे ।
लोकेश बमले ६ बलमा १४ रन बनाए। आउट हुनुअघि उनले २ छक्का प्रहार गरे। विवेक यादवले ४ बलमा १९ रन बनाउँदा ३ छक्का प्रहार गरे।आरिफ शेख ४ रन बनाएर बाहिरिए। यसअघि विनोद भण्डारी २७ र कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका थिए।
नेपालले हङकङसँग पहिलो खेल वर्षाको कारण रद्ध भएपछि अंक बाँडेको थियो। यस खेल्ने जिते नेपाल फाइनल पुग्नेछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |