

धादिङ । धादिङ जिल्ला स्तरीय दशौं एन्फा लिग फुटबल प्रतियोगिताको उपाधी धुनिवेशी युवा समाजले जितेको छ ।
धुनिवेशी खेल मैदानमा आज भएको फाइनल खेलमा भद्रकाली सामुदायिक विकास समाज मलेखुलाई २–१ को गोल अन्तरले पराजित गर्दै धुनिवेशीले उपाधी जितेको हो।
यो सँगै विजेता भएको धुनिवेशीेले नगद १ लाख ५० हजार पाएको छ भने प्रदेश स्तरीय प्रतियोगिताको लागि धादिङ जिल्लाबाट छनोट समेत भएको छ ।
उप विजेता बनेको भद्रकाली सामुदायिक विकास समाज मलेखुले नगद ७५ हजार जितेको छ भने सेमिफाईनलमा रोकिएका गलौदी युवा क्लव गजुरी र ब्वाइज युनाईटेड धादिङले २५/२५ हजार जितेका छन् ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता धुनिवेशीका प्रदिप डंगोल भए । उनले प्रतियोगिता भरमा २ गोल गरी गोल्डन बुट जिते ।
यस्तै उत्कृष्ट गोल किपर पनि धुनिवेशीकै सक्सेस श्रेष्ठ, बेस्ट डिफेन्डरमा धुनीबेशीकै सुवाष ए.सी र वेष्ट स्ट्राईकर भद्रकालीका तारा आले मगर घोषित भए ।
धादिङ जिल्ला फुटबल संघको आयोजनामा फागुन २७ गतेबाट सुरु भएको यस प्रतियोगितामा जिल्लाका ८ वटा क्लवहरु सहभागि थिए। तस्विर:शिवराज आचार्य





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |