

धादिङ । सिद्धलेक गाउँपालिका वडा नं ३ स्थित सलाङ ईटपानीमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
नयाँ बर्ष २०८१ को पावन अवसरमा बैशाख १ गतेदेखी मनकामना समाज सुधार युवा क्लबले वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको क्लबका सदस्य तथा धादिङ जिल्ला भलिबल खेलाडी बिदुर इटनीले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार तथा तेस्रो हुने टिमले २० हजार नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने इटनीले बताउनुभयो।
साथै बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्टर ब्लकर, बेस्ट सर्भरलाई सम्मान गरिने आयोजकले जनाएको छ ।
जुनसुकै जिल्लाबाट पनि सहभागी हुने पाउने यस प्रतियोगितामा खेलाडीहरु भने एउटै वडाको हुनुपर्ने तर एनभिए, तथा प्रदेश स्तरिय खेल खेलीसकेका खेलाडीहरु समावेश हुन नपाउने आयोजकले जनाएको छ ।
आयोजकले प्रतियोगितामा टिम दर्ताको लागि चैत्र २८ गतेसम्मको लागि समय तोकेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |