

एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा नेपालसँग गुजरात ८ विकेटले पराजित भएको छ ।
भारतस्थित गुजरातको वापीमा आज भएको खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको हो।गुजरातले दिएको ९९ रनको मध्यम लक्ष्य नेपालले १५ ओभर २ बलमा २ विकेट गुमाएर भेटायो ।
नेपालका कप्तान रोहित पौडेलले सबैभन्दा धेरै नट आउट ३३ र अनिल साहले नट आउट ३२ रन बनाए ।यस्तै कुशल भुर्तेलले १७, आसिफ शेखले १६ रन बनाए।
बलिङतर्फ गुजरातका हेमाङ्ग पटेल र तेजस पटेलले समान १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको गुजरात १८ ओभर २ बलमा सबै विकेट गुमाउँदा ९८ रन बनायो ।गुजरातका रुद्र पटेलले सबैभन्दा धेरै २३ रन बनाए ।
नेपालका गुल्सन झाले ४, करण केसीले ३ र सोमपाल कामीले १ विकेट लिए ।
शृङ्खलामा नेपाल र बरोडा पर्सि खेल्नेछन् । चैत २१ गते नेपाल र गुजरात तथा चैत २३ गते नेपाल र बरोडाबीच खेल हुनेछ । फाइनल खेल चैत २५ गते हुनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |