

नेपाल क्रिकेट सङ्घ क्यानले आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक गरेको छ।
आउँदो जुनमा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने विश्वकपमा नेपाली राष्ट्रिय टोलीले लगाउने नयाँ जर्सी युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले हिजो जर्सी सार्वजनिक गर्नुभएको हो ।
नयाँ जर्सी गैँडा र सगरमाथा अङ्कित छ । निलो, रातो, हल्का मधुरो कलेजी र सेतो रङ्ग रहेको जर्सीकोबीचमा नेपाल लेखिएको छ। यस्तै बायाँतर्फ क्यान र दायाँतर्फ आईसीसी टी–२० विश्वकपको लोगो रहेको छ । दुवै बाहुलामा नेपालको झण्डा राखिएको छ । जर्सीको पछाडिको भागमा खेलाडीको नाम र नम्बर पनि रहनेछ ।
टी–२० विश्वकप आउँदो जुन १ देखि अमेरिका र वेस्टइन्डिजमा हुँदै छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |