

धादिङ । सिद्धलेक गाउँपालिका वडा नं ३ स्थित सलाङ ईटपानीमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
नयाँ बर्ष २०८१ को पावन अवसरमा वडा नं ३ को सहयोग तथा मनकामना समाज सुधार युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा आयोजक मनकामना समाज सुधार ‘ए’ र ‘बि’ ले विजयी सुरुवात गरेको छ ।उद्घाटन खेलमा आयोजक ‘ए’ ले नवक्षितिज युवा क्लबलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो।
यस्तै आजै भएको दोस्रो खेलमा आयोजक ‘बि’ ले आरुघाट–१ गोरखाको टिमलाई पराजित गर्दै विजयी सुरुवात गरेको राष्ट्रिय भलिबल रेफ्री सोम श्रेष्ठले जानकारी दिनुभयो ।


प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार तथा तेस्रो हुने टिमले २० हजार नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छ।
साथै बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्टर ब्लकर, बेस्ट सर्भरलाई सम्मान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता ३ गतेसम्म चल्ने छ।
प्रतियोगिताको प्रत्यक्ष प्रशारण बागमती कलमको आधिकारीक फेसबुक पेजबाट हेर्न सक्नुहुनेछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |