

विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित भएको छ ।
गएराति अमेरिकाको डल्लासमा रहेको ग्रान्ड प्रेरी क्रिकेट मैदानमा भएको खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको हो ।क्यानडाले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ३ बलमा एक सय २० रनमा समेटियो ।
नेपालका कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । क्यानडाका डिलन हेलिगर एक्लैले ४ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ८३ रन बनाएको थियो ।
उसका निकोलस किर्टनले सर्वाधिक ५२ रन बनाएका थिए ।
नेपालले अब दोस्रो अभ्यास खेलमा अमेरिकासँग पर्सि बिहिवार खेल्नेछ । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गरेको विश्पकप जुन २ तारिखदेखि शुरु हुदैछ ।
नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |