

निर्वाचन आयोगले आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको अधिकतम हद तोकेको छ ।
बुधबार बसेको आयोगको बैठकले उपनिर्वाचन प्रयोजनको लागि मिति २०७९ असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी चितवन–२ तथा बारा–२ को लागि २९ लाख रुपैयाँ र र तनहुँ–१ को लागि ३१ लाख रुपैयाँ खर्च गर्न पाउने निर्धारण गरेको हो।
आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न र प्रतिनिधि सभासदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ (पैंतीस) दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने समेत आयोगले निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |