

प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको शानदार जीत भएको छ ।
उनी ३४ हजार ९१९ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत मात्र पाएका छन् । वाग्ले र भट्टराईबीचको मतान्तर १४ हजार ७९७ रहेको छ ।
नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ मत पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा भने नतिजा सार्वजनिक गरिसकेको छैन ।
मंसिर ४ गते भएको निर्वाचनमा विजयी तत्कालीन नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन भएको हो ।
त्यो समयमा कांग्रेसका पौडेल २५ हजार ३६१ मत ल्याएर विजयी भएका थिए । अहिले रास्वपाका उम्मेदवार वाग्लेले त्यो भन्दा बढी मत पाएका हुन् ।
वाग्ले चैत १६ गते मात्र कांग्रेस छोडेर रास्वपा प्रवेश गरेका हुन्।रास्वपाले उनलाई भावी अर्थमन्त्रीका रुपमा चुनावमा अगाडि सारेको हो ।
निर्वाचित वाग्लेले मतदाताको गुन विकास गरेर तिर्ने बताएका छन् ।
निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै वाग्लेले भने, ‘तनहुँको मात्र नभई देश विकासका मुद्दा उठाउनेछु, जनताले दिएको मतको गुन यहाँको विकास गरेर तिर्नेछु ।’





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |