

हजारौंको भिडमा तिमी सबै भन्दा माथि
संसारको सबैभन्दा प्यारी मेरी साथी
आउलान् साथी जिवनमा सुख,दुख बाधा
तिमी र म बाँडाैला सबै आधा,आधा
तिम्रो लागि लेख्ने गर्छु कविता र गित
मनकाे कुरा खाेल्ने गर्छु साथी तिमी सित
साथी तिमी जुन भए म तिम्रो तारा
तिमी साथ भए मैले भुलिदिन्छु सारा
सानै देखि सङ्गै हामी हाँस्ने खेल्ने गर्याै
साथी हामी बाहृ वर्ष संगसंगै पढ्याै
प्राण भन्दा प्रिय भयाै साथी तिमी आज
उदाहरणीय साथी बन्याै दुनियाँकाे माझ
सहि गलत हरेक काममा दिने गर्थ्याै साथ
गाढा छ याे मित्रता नगर्नु है घात
साथी हाम्रो मित्रता कहिल्यै मर्ने छैन
अमर रहाेस् नाम हाम्रो करिना र मैना !!!
लेखक:- मैना सिटौला /करिना कडेल-खहरे,धादिङ





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |