

देशैभरका विमास्थलबाट हुने आन्तरिक उडान स्थगित गरिएको छ ।
लगातारको वर्षाको कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसममा आएको खराबीका कारण आन्तरिकतर्फका सबै उडान स्थगित गरेको हो ।
हिजो बेलुकीदेखि आज बिहानसम्मका लागि स्थगित गरिएको भएपनि आज पनि निरन्तर झरी पर्ने र मौसम नखुल्ने भएकाले आजको उडान पनि नहुने भएको छ ।
लगातारको वर्षाका कारण हिजो आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन् । आन्तरिकतर्फ धेरै विमानस्थलमा उडान हुन सकेन भने अन्तर्राष्ट्रिय उडानतर्फ केही विमान लामो समय होल्ड भएर अवतरण गरेका थिए ।
हिजोका लागि तय भएका एकसय ५० वटा आन्तरिक उडानमध्ये ३९ वटा मात्र उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |