

धादिङ । बेनिघाट राेराङ गाउँपालिकाले नर्सरी राख्नको लागी किसानसंग चिउरी खरिद गरिरहेको छ।
चिउरी संरक्षण अभियान अन्तरगत गाउँपालिकाले विरुवा उत्पादन गर्नका लागि पालिकाले नै नर्सरी बनाउने गरि गाउँपालिका भित्रैका किसानहरुले उत्पादन गरेको चिउरी खरिद गरिएको गाउँपालिका अध्यक्ष कष्णबहादुर थपलिया (विवके)ले बागमती कलमलाई जानकारी दिनुभयो।
चेपाङ समुदायकाे संस्कृति र पहिचानसंग जाेडिएकाे बहुउपयोगी चिउरीको संरक्षण गर्न गाउँपालिका लागेको अध्यक्ष थपलियाले बताउनुभयो।
चिउरी खेती गर्ने किसानलाई विरुवा वितरण गर्ने र बेनिघाट गाउँपालिका क्षेत्रलाई चिउरी पकेट क्षेत्र बनाउने अभियान अन्तरगत गाउँपालिका भित्रकै किसानबाट पाकेको चिउरी खरिद गरेर विउबाट नर्सरी राख्ने तयारी गरेको गाउँपालिकाका सूचना अधिकारी परशुराम घिमिरेले बताउनुभयो ।
किसानबाट प्रतिकेजी रु ५० का दरले चिउरी खरिद गरेर वियाँ (बिउ) निकाल्न थालिएको उहाँको भनाइ छ ।
विउ निकालेपछी पालिकाले नै नर्सरी राख्ने बताइएको छ।
चिउरीको बारेमा पालिकामा प्रदर्शनी समेत गरिने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले बेनिघाट रोराङको चेपाङ समूदायको संस्कृति संग जोडिएको चिउरीबाट आर्थिक रुपमा समेत यसलाई प्रयोग गर्न चिउरी संरक्षण र प्रबर्द्धन कार्यक्रम संचालन गरिरहेको गाउँपालिकाका सूचना अधिकारी घिमिरेले बताउनुभयो।
चिउरीको उपयोगिता के ?
चिउरीबाट मौनवत्ती, साबुन, क्रिम, जुस र विभिन्न कस्मेटिक सामग्री बनाउन समेत प्रयोग गरिन्छ ।
चिउरीको पाटबाट टपरी, घाँस, घीउ निकाल्दा बाँकी रहेको पिना अत्यन्तै उपयोगी रुपमा प्रयोग गर्न सकिन्छ । चिउरीको फल मानिसका लागि खानाको रुपमा समेत प्रयोग गरिँदै आएको छ ।
चिउरी रैथाने वनस्पति हो ।
चिउरी वृक्षलाई मकवानपुरका आदिवासी चेपाङले आफ्नो संस्कृतिसँग जोडेका छन्। चेपाङ समुदायमा छोरीको विवाह गर्दा चिउरीको बिरुवा दाइजो दिने संस्कृति छ ।
चिउरीबाट व्यावसायिक लाभ लिने जमर्को भने दाङ, सल्यान, प्यूठान, रुकुम, रोल्पा, जाजरकोट र सुर्खेतका पहाडमा भएको देखिन्छ ।
भदौ–असोजमा पात झरेर वसन्तमा पालुवा फेर्दै लटरम्म फुल्नेफल्ने चिउरीबाट अहिले वाइन, जुस, साबुन, घीउ, क्रिम, जाम र महदेखि प्राङ्गारिक मल तथा विषादीसम्मको उत्पादन शुरु भए पनि संरक्षण नहुँदा लोप भएको अवस्था छ ।
चिउरीको पात र काठबाट टिकाउ किसिमको दुनाटपरी तथा फर्निचर बन्छ । बाँकी उत्पादन यसको रसिलो फल र त्यसभित्रको बिजुला (कोया) बाट हुन्छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |