

धादिङ- नीलकण्ठ नगरपालिका-१२ साङ्कोषबाट आज विहान गोसाइकुण्ड जान छुटेको बस सम्पर्कविहिन बनेको छ।
साङ्कोष निवासी छविलाल श्रेष्ठले चलाएको बा ५ ख १२५० नम्बरको बस सम्पर्कमा नआएको हो ।
धादिङबेसीबाट विहान छ बजे छुटेको थियो । बसमा चालकसहित २६ जना सवार रहेको बुझिएको छ ।
बसमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३, ९, १२ र सिद्दलेक वडा नम्बर १ का स्थानीय सवार छन् ।
बसमा नीलकण्ठ-१२ का दयाराम लम्साल, सीता लम्साल, ठाकुर लम्साल, सारदा लम्साल, प्रकाश लम्साल, इन्दिरा लम्साल रहेका छन्।
त्यस्तै नीलकण्ठ-९ का राम लम्साल,जानुका लम्साल, कृष्ण प्रसाद खनाल, राधिका खनाल,रामचन्द्र खनाल,भगवती खनाल, शिवहरी लम्साल,गायत्री लम्साल,नारायण प्रसाद लम्साल,सीता लम्साल,राजन लम्साल,न्याउरी लम्साल रहेका छन् ।
यसैगरी सिद्धलेक-१ का हरी प्रसाद सिलवाल,बिन्दा सिलवाल,घनश्याम भट्ट,कल्पना भट्ट, नीलकण्ठ-३ का सीता तिवारी,तुल्सी तिम्ल्सिना,ईश्वरी तिम्ल्सिना, नीलकण्ठ-१२ का बस चालक छबिलाल श्रेष्ठ रहेका छन् ।
बिहान ९ बजे आसपास रसुवाको बेत्रावतीबाट सम्पर्कमा आएको र त्यसयता कसैको सम्पर्कमा नरहेको जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |