–रोजिना ढकाल,धादिङ।
आऊ, म तिमीलाई एउटा कथा सुनाउँछु
माया र विश्वास को कथा
संघर्ष र साहस को कथा
प्रेम र चाहतको कथा
‘धर्ती’ र ‘आकाश’को कथा
कसैले नबुझ्ने,कठिन
कसैले नदेख्ने,अदृष्य
कसैले नचिनेको,अपरिचित
कतै नभेटिएको,दुर्लभ
तर पनि अथाह प्रेम
एउटा अनौठौ लगाव
मानौ, एक अर्काकै लागी बनेको जस्तो
आकाशले धर्तीलाई हेर्नकै लागि घाम उदाए जस्तो
अनि धर्तीले आकाशलाई छुनकै लागि हावा बहे जस्तो
तर,यी दुई बीच भयानक पर्खाल बनेर उभिएको छ ‘दुरी’
न नाघ्न सक्ने,न भत्काउन
न फोर्न सक्ने,न हटाउन
आकाश यसै गर्जिएको कँहा हो र ?
उ भित्र पीडाको भन्डार छ
बाध्यता र परिस्थिको जंघार छ
प्रेमिकाको अभावको चित्कार छ
र त बर्सिन्छ,
घनघोर रुप लिएर
मानौ,उसले आफ्नो भावना झरी भरि भरेर
धर्तीलाई पठाएको हो
अनि धर्ती आफ्नो प्रेमीको
झरी रुपी आँसुलाई थेग्न नसकी
त्यही आँसुमा बगी दिन्छे
कहिले बाढी बनेर
त कहिले पहिरो बनेर
अब आफै भन न
के म तिमीलाई आकाशको उपमा दिऊँ?
के म आफुलाई पनि धर्ती सम्झीऊँ?
आखिर हाम्रो पनि त कहानी उस्तै छ !!
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |