

म मरेपनि मेरो आत्मा मर्ने छैन
शरीर मेरो गलेपनि जोश मेरो ढलेको छैन।
पुग्नेछु पक्कै एकदिन सगरमाथामा साथी
नमरि कसैले स्वर्ग देखेको छैन ।
त्यसैले म मरेपनि मेरो आत्मा मर्ने छैन
शरीर मेरो गलेपनि जोश मेरो ढलेको छैन।
मेरो उपस्थितिको कुनै मोल छैन
मेरो कुनै तोल छैन।
उदाङ्ग परेको पुत्ला जस्तै भएकी छु
मेरो कुनै खोल छैन।
भन्छौ भने चिर छाती बगाउ रगत
त्यसमा घृणाको कुनै झोल छैन।
त्यसैले म मरेपनि मेरो आत्मा मर्ने छैन
शरीर मेरो गलेपनि जोश मेरो ढलेको छैन।
मलाई पाप र पुण्यको कुनै भेद छैन
कसैप्रति अन्यायको कुनै खेद छैन ।
आँसुको पहिरो रोक्ने चट्यान जस्तो भएकी छु
त्यसमा प्रलयको कुनै छेद छैन।
त्यसैले म मरेपनि मेरो आत्मा मर्ने छैन
शरीर मेरो गलेपनि जोश मेरो ढलेको छैन।।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |