

काठमाण्डौ । सुनको मुल्य आज पनि घटेको छ । आज तोलाको ६ हजार ५०० ले घटेर २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको भाउ लगातार पाँच कारोबार दिन घटेको हो ।
मङ्गलवार तोलाको ३ लाख ९ हजार ९०० रहेको सुनको भाउ बुधवार २ हजार २०० रुपैयाँले घटेको थियो । यस्तै सुनको भाउ बिहीवार ५ हजार ४००, शुक्रवार ७ हजार ८०० र हिजो आइतवार १२ हजार ५०० रुपैयाँले घटेको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ ।
चाँदीको भाउ ११५ रुपैयाँले घटेर तोलाको ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको भाउ पनि लगातार पाँच कारोबार दिनयता घटेको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |