

सिसाका बोतलमा प्लास्टिकमा भन्दा बढी माइक्रोप्लास्टिक भेटिएको एक अध्ययनले देखाएको छ ।
फ्रान्सको खाद्य सुरक्षा निकायले हिजो सार्वजनिक गरेको एक अध्ययनले सिसाका बोतलमा बिक्री हुने पानी, सोडा, जाँडरक्सीजस्ता पेय पदार्थमा प्लास्टिकको बोतलमा भन्दा माइक्रोप्लास्टिक बढी हुने देखाएको हो ।
यो नतिजालाई आश्चर्यजनक मानिएको छ ।
अनुसन्धानकर्ताहरुले विश्वभर प्लास्टिकका स–साना, प्रायः अदृश्य टुक्राहरू रहने गरेको र श्वासप्रश्वास, खाना र पानीको माध्यमबाट मानव शरीरमा व्यापकरूपमा भित्रिने गरेको बताउँदै आएका छन् ।
फ्रान्सेली खाद्य सुरक्षा निकायका अनुसन्धान निर्देशक गुइलाम डुफ्लोसले नरम पेय पदार्थ, लेमोनेड, बियर तथा वाइनको ग्लासका बोतलमा प्रतिलिटर औसत एक सय माइक्रोप्लास्टिक कण फेला पारेका बताएको समाचार संस्था एएफपीले जनाएको छ ।यो प्लास्टिकका बोतल वा धातुका डिब्बामा फेला परेको दरभन्दा पाँचदेखि ५० गुणाले धेरै हो ।
सार्वजनिक भएको पछिल्लो यो अध्ययन गएको महिना ‘जर्नल अफ फुड कम्पोजिसन एन्ड एनालिसिस’मा प्रकाशित भएको थियो। -एजेन्सी





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |