Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण ७, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
विश्व/एन.आर.एन.
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

फेरि पहिलो स्थानमा जिल्ला प्रहरी कार्यालय धादिङ

११ घण्टा अघि
२

लागूऔषध ट्रामाडोलसहित धादिङका सरोज महरा पक्राउ

१ दिन अघि
३

धादिङमा साइबर अपराध बढ्दो: तीन वर्षमा अनलाइन ठगीका पीडित पाँच गुणाले बढे

१ दिन अघि
४

धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए

१ दिन अघि
५

धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द

१ दिन अघि
६

विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

२ दिन अघि
७

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

३ दिन अघि
८

६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड

३ दिन अघि
९

नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध

३ दिन अघि
१०

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

३ दिन अघि
११

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

४ दिन अघि
१२

धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?

५ दिन अघि

धेरै पढिएका

१

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

४ हफ्ता अघि
२

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

२ हफ्ता अघि
३

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

४ दिन अघि
४

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

२ हफ्ता अघि
५

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

३ दिन अघि
६

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

३ दिन अघि
७

नलाङ माविले कक्षा १-१० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने

३ हफ्ता अघि
८

धादिङमा खाद्य स्वच्छतामा लापरबाही गर्ने होटललाई कारबाही,एक लाख १० हजार जरिवाना

३ हफ्ता अघि
९

धादिङमा लागूपदार्थ सेवन गरेर सवारी चलाउने ७ चालक पक्राउ

३ हफ्ता अघि
१०

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

१ हफ्ता अघि
११

सिद्धलेकको सुकौराबेसीमा असारे रोपाइँको रौनक : रैथाने संस्कृति जोगाउन हलगोरुसहित सामूहिक धान रोपाइँ

३ हफ्ता अघि
१२

सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

६ दिन अघि

अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा पुनःराजन खकुराल,महाधिवेशनबाट धादिङवेशी घोषणापत्र पारित

  • बागमती कलम
  • ६४८ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ आश्विन २२, मंगलबार (१ साल अघि)
अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा पुनःराजन खकुराल,महाधिवेशनबाट धादिङवेशी घोषणापत्र पारित

धादिङ । अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा पुनःराजन खकुराल(युके) चयन हुनु भएको छ ।

मंगलबार सदरमुकाम धादिङबेसी स्थित क्रिक रिसोर्टमा भएको समाजको तेस्रो महाधिवेशनले अध्यक्षमा पुनःखकुराललाई चयन गरेको हो ।

खकुरालको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका हुन् ।

जसको वरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ (नेपाल), महिला उपाध्यक्षमा सविना थपलिया (अस्ट्रेलिया), खुल्ला उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ (जापान), बद्री खतिवडा(अमेरीका) चयन हुनुभएको छ ।

यस्तै महासचिवमा बाबुकाजी भण्डारी(जापान), सचिवमा राजेन्द्र थपलिया (द. कोरिया), सचिवमा कल्याण विक्रम कार्की (अष्ट्रेलिया), कोषाध्यक्षमा रामकुमार थापा (नेपाल), सह कोषाध्यक्षमा सोमनाथ कडेंल (कतार) चयन हुनुभएको छ।

यसैगरी सदस्यहरुमा दिपक तिमिल्सिना (युके), पारस भण्डारी(अस्ट्रेलिया), विनोद उप्रेती(अस्ट्रेलिया), कमल दुवाडी(अमेरीका), छन्द प्रसाद सिलवाल (भारत) चयन हुनुभएको छ ।

समाजका अनुसार १ जना महिला उपाध्यक्ष, महिला सविच, प्रवक्ता र ४ जना सदस्य मनोनियत गरिने छ ।

महाधिवेशनको नेपाल सरकारका कृषी तथा पशुपंन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री अधिकारीले विश्वभर छरिएर रहेको धादिङ्गेलीहरुलाई अन्तराष्ट्रिय धादिङ समाजले जोड्नु पर्ने बताउनुभयो ।उहाँले प्रवासमा रहेका धादिङ्गेलीहरुले जिल्लामा परेका समस्या पहिचान गरी सहयोग गर्नुपर्ने बताउनुभयो ।

महाधिवेशनले धादिङवेशी घोषणापत्र पनि पारित गरेको छ ।

विश्वका जुनसुकै देशमा प्रभावकारी सञ्जाल तयार, संयन्त्र निर्माण एवं समन्वय गरि अप्ठेरोमा परेकाआप्रवासी धादिङेलीहरुको सहयोग, उद्धार र पुनस्र्थापनाका लागि आवस्यक पहल कदमी गर्ने,विश्वका विभिन्न देशमा महत्वपुर्ण योगदान, ब्यवसायीक दक्षता र उदाहरणीय काम गरिरहेका धादिङेलीहरुको प्रोफाइल तयार गरि उनीहरुको ज्ञान, अनुभव र श्रोतलाई जिल्लाको विकास अभियानमा जोड्न आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्ने लगाएतको ९ बुँदे धादिङवेशी घोषणापत्र पारित गरेको हो।

महाधिवेशनमा विश्वका १४ देशमा रहेका धादिङ्गेलीहरु मध्येबाट एक सय २५ जना भन्दा बढि प्रतिनीधी सहभागी थिए ।

महाधिवेशनको लागि १४ देशबाट सहभागी भएको र ४ देशबाट प्रतिनिधि नआएको अध्यक्ष खकुरालले बताउनुभयो । भौतीक उपस्थिति जनाउन नसकेका प्रतिनीधिहरु भर्चुअल माध्यमबाट जोडिएको उहाँको भनाई छ ।

अन्तराष्ट्रिय धादिङ समाजको १८ देशमा राष्ट्रिय समन्वय परिषदको शाखा विस्तार भएको छ।

२०७४ साल असोज १६ धादिङबेसीमा भुवन गुरुङ संयोजकत्वमा सम्पन्न पहिलो भेलाले अन्तराष्ट्रिय धादिङ समाज तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो जस अनुरुप ०७४ असोज ३१ (अक्टोबर १७) मा धादिङबेसीमा सम्पन्न भेलाले नानुकाजी अर्याल अध्यक्ष रहेको तदर्थ समिति बनेको थियो।

त्यसपछि अन्तर्राष्ट्रिय धादिङ समाजको विश्व भेला तथा प्रथम अधिवेशन २०७६ असोज २७ गते काठमाडौमा सम्पन्न भएको थियो।

उक्त अधिबेशनबाट अध्यक्षमा पुनः नानुकाजी श्रेष्ठ चयन हुनुभएको थियो भने तेस्रो कार्यकालको लागि २०७८ असोज २४ गते भएको दोस्रो अधिवेशनमा अध्यक्षमा राजन खकुराल चयन भएको हुनुभएको थियो।

अन्तर्राष्ट्रिय धादिङ समाजले जिल्लामा विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।

यस्तो छ,अन्तराष्ट्रिय धादिङ समाजको तेश्रो महाधिवेशनबाट पारित धादिङवेशी घोषणापत्र

प्रवासीहरुको संगठीत अभियानः समृद्ध धादिङ हाम्रो स्वाभिमान्ः भन्ने मूल नारा सहित धादिङवेशीमा सम्पन्न अन्तराष्ट्रिय धादिङ समाजको तेश्रो महाधिवेशन भब्य रुपमा सफल पार्न आफ्नो उपस्थिति एवं सक्रिय संलग्नता जनाउने प्रमूख अतिथि ज्यू, विशिष्ट अतिथिज्यूहरु, विभिन्न राजनीतिक दल, विज्ञहरू, संघ,संस्था, सञ्चारकर्मी, एवं सम्पूर्ण सौजन्यकर्ताहरुप्रति आयोजक मूल समिति, संरक्षक तथा पदाधिकारी एवं विश्वका १८ देशका धादिङगेलीहरुको राष्ट्रिय समन्वय परिषद् बाट प्रतिनीधित्व गर्ने सवै प्रतिनिधिहरुको तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ । धादिङ जिल्ला र विश्वभर छरिएका गैरआवासीय धादिङेलीहरु बीचको भावनात्मक सम्बन्धलाई सुमधुर बनाउँदै सहकार्य, समन्वय र विशुद्ध सामाजिक अभिप्रायका साथ धादिङ जिल्लाको समग्र विकासमा योगदान गर्ने उद्देश्यका साथ स्थापित अन्तर्राष्ट्रिय धादिङ समाजको तेश्रो महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै संस्थाको मार्गदर्शन र प्रतिवद्धताका लागि यो धादिङवेशी घोषणापत्र जारी गरेको छ ।

१. विश्वभर छरिएर रहेका धादिङेलीहरुलाई संगठित गर्दै भावनात्मक एकता सहितको विशुद्ध सामाजिक, गैह्र राजनीतिक र मानवीय सहायतामूखी साझा संस्थाको रुपमा अन्तराष्ट्रिय धादिङ समाजलाई अबिच्छिन्न रुपमा स्थापित गर्ने प्रतिबद्धता ब्यक्त गर्दछौँ ।
२. यो महाधिवेशन धादिङ जिल्लाको समग्र विकासमा प्रतिबद्ध हुँदै धादिङवासीको आर्थिक समृद्धिका लागि सामूहिक तथा व्यक्तिगत लगानी गर्न उपयुक्त वातावरण सिर्जना गर्न आव्हान गर्दै धादिङ जिल्लामा हुने पुर्वाधार विकास र सामाजिक उद्धमका क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता ब्यक्त गर्दछ।
३. विश्वका जुनसुकै देशमा प्रभावकारी सञ्जाल तयार, संयन्त्र निर्माण एवं समन्वय गरि अप्ठेरोमा परेका आप्रवासी धादिङेलीहरुको सहयोग, उद्धार र पुर्नस्थापनाका लागि आवस्यक पहल कदमी गरिनेछ ।
४. नेपालको संविधानमा व्यवस्था भै नागरिकता ऐन शंसोधनबाट भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा देखिएका समस्याहरुको तत्काल समाधान गरि आप्रवासीहरुको मातृभूमिप्रतिको अगाध प्रेम, कर्तब्य र लगानी सम्मान गर्न नेपाल सरकार समक्ष यो महाधिवेशन अनुरोध गर्दछ।
५. वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेशणले मुलुकको अर्थतन्त्रलाई ठूलो योगदान दिइरहेकाले धादिङ जिल्लमा भित्रिने विप्रेशणलाई उत्पादनमूलक क्षेत्रमा लगानीहुने बातावरण तयार गर्न एवं वैदेशिक रोजगारलाई सुरक्षित, न्यायपूर्ण ,मर्यादित र व्यवस्थित बनाउँन धादिङका सवै स्थानीय सरकार संग सुरक्षित बैदेशिक रोजगार र वित्तीय सचेतना कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न यो महाधिवेशन अपिल गर्दछ ।
६.धादिङका विकट र विपन्न समुदायका बालबालिकाहरुको शिक्षाको अधिकार सुनिश्चित गर्न विभिन्न देशका धादिङवासीहरु र समन्वय समिति संग सहकार्य गरि जेहन्दार विद्यार्थी छात्रबृत्री कोष स्थापना गर्ने प्रतिबद्धता गर्दछौँ ।
७. विपन्न धादिङवासीको स्वास्थ उपचारमा सहयोग गर्न एक स्वास्थ उपचार सहायता कोष स्थापना गरिनेछ । विभिन्न पालिका र संघसंस्थाहरु संग सहकार्य गरि स्वास्थ शिविर र स्वास्थ सचेतना कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गर्दछौँ ।
८. विश्वब्यापी महामारीको रुपमा आएको कोभिड-१९ का बेला धादिङका स्थानीय सरकार र संघसंस्थाहरु संग सहकार्य गरि गरिएको राहत तथा सहायता अभियानबाट प्राप्त अनुभवबाट सिक्दै जिल्लामा हुने कुनै पनि विपद् तथा महामारीहरुमा मानवीय सहायताका लागि यथासक्य सहयोग गर्ने प्रतिवद्धता गर्दछौँ ।
९. विश्वका विभिन्न देशमा महत्वपुर्ण योगदान, ब्यवसायीक दक्षता र उदाहरणीय काम गरिरहेका धादिङेलीहरुको प्रोफाइल तयार गरि उनीहरुको ज्ञान, अनुभव र श्रोतलाई जिल्लाको विकास अभियानमा जोड्न आवस्यक समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता गर्दछौँ ।
मिति:२०८१ आश्वीन २२

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विश्व/एन.आर.एन. सम्बन्धि थप
  • Messenger_creation_0D95B269-839A-4550-905A-52407836C358

    किस्ट ट्रान्सप्लान्ट सेन्टरमा १७औँ सफल कलेजो प्रत्यारोपण

  • anugaman-benighat-2083

    धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

  • gajuri-toyanath

    जनस्वास्थ्य सुधारका लागि चुरोट र मदिरा नियन्त्रण आवश्यक:जोशी

  • IMG-20260704-WA0017

    शिक्षक संगठन धादिङद्वारा एसइईमा ४ जीपीए ल्याउने सामुदायिक विद्यालयका विद्यार्थीलाई सम्मान

  • समाचार
  • १

    फेरि पहिलो स्थानमा जिल्ला प्रहरी कार्यालय धादिङ
    ११ घण्टा अघि

  • २

    लागूऔषध ट्रामाडोलसहित धादिङका सरोज महरा पक्राउ
    १ दिन अघि

  • ३

    धादिङमा साइबर अपराध बढ्दो: तीन वर्षमा अनलाइन ठगीका पीडित पाँच गुणाले बढे
    १ दिन अघि

  • ४

    धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए
    १ दिन अघि

  • ५

    धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द
    १ दिन अघि

  • ६

    विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै
    २ दिन अघि

  • ७

    ६ किलो चरेससहित धादिङका २ युवक पक्राउ
    ३ दिन अघि

  • ८

    ६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड
    ३ दिन अघि

  • ९

    नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध
    ३ दिन अघि

  • १०

    सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution