

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारलाई पूर्णता दिँदैछन् । नवनियुक्त मन्त्रीहरुको शपथका लागि शितल निवासमा समेत तयारी भैरहेको छ ।
राष्ट्रपति कार्यालयले दिउँसो ३ बजेका लागि मन्त्रीहरुको सपथ कार्यक्रम तय भएको जनाउँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलहरुबाट मन्त्रीहरुकाे सूची पाएका छन् ।
भागबन्डाअनुसार कांग्रेस ८, माओवादीलाई प्रधानमन्त्रीसहित ६, नेकपा एस २, जसपालाई २, जनमतलाई १, लोसपा १, उन्मुक्ति १, आम जनता पार्टी १ र नेसपालाई १ मन्त्रालय परेको छ । तर, कांग्रेसबाट आज ४ र जसपाबाट १ जनामात्रै मन्त्री हुँदैछन् ।
सत्ता साझेदार दलमा अझै ५ मन्त्रालयको भागबण्डा हुन बाँकी रहेको छ ।
कुन दलबाट को बन्दैछन् मन्त्री ?
नेपाली कांग्रेस
पूर्णबहादुर खड्का-उपप्रधान तथा रक्षा मन्त्री
डा. प्रकाश शरण महत-अर्थमन्त्री
रमेश रिजाल-उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री
सीता गुरुङ-शहरी विकास मन्त्री
नेकपा माओवादी केन्द्र
नारायणकाजी श्रेष्ठ-उपप्रधान तथा गृहमन्त्री
शक्ति बस्नेत-ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
रेखा शर्मा-सञ्चार तथा सूचना प्रविधि मन्त्री
सुदन किराती-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
अमनलाल मोदी-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री
एकीकृत समाजवादी
बेदुराम भुसाल- कृषि तथा पशुपंक्षी विकास मन्त्री
प्रकाश ज्वाला-भौतिक पूर्वाधार तथा यातायात मन्त्री
जसपा
अकोश राई- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
लोसपा
शरद सिंह भण्डारी-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
नाउपा
रञ्जिता श्रेष्ठ-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री
नेसपा
महिन्द्र राय यादव-महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
जनमत
अब्दुल खान-खानेपानी तथा सरसफाइ मन्त्री





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |