

धुँवाकोट । नीलकण्ठ नगरपालिकाका–१४ को जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई बालमैत्री स्थानीय शासन अबलम्बन सम्बन्धि अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको छ ।
बिहिबार जनप्रतिनिधि, वडामा कार्यरत कर्मचारी, बालक्लब संजालका पदाधिकारी तथा सरोकारवालाहरुको लागि बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको हो ।
नगरपालिकाले वडाहरुलाई बालमैत्री वडा घोषणाको लागि सबै सरोकारवालाहरुलाई बालमैत्री अभियानमा सहभागी गराई बालमैत्री नगरपालिका घोषणा गर्ने अभियानलाई तिब्रता दिईएको निलकण्ठ नगरपालिका महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख उर्मिला थपलियाले जानकारी दिनुभयो ।

नगरपालिकामा बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु पुरा गर्दै क्रमागत रुपमा वडा तथा पालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने अभियानमा रहेको बताउनुभयो ।
वडाध्यक्ष नमराज दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितका अध्यक्षह तथा अन्य सरोकारवालाहरुको सहभागीता रहेको थियो ।
बालमैत्री स्थानीय शासनको अवधारणा कार्यान्वयन रणनीति सम्बन्धि ज्ञान ,सीप तथा क्षमता अभिबृद्धिको मार्फत घर परिवार,टोल बस्ती,वडा हुँदै पालिकालाई नै बालमैत्री बनाउन अभियानलाई सार्थकता दिने उद्धेश्य पूरा गर्न वडा तहका सम्बन्धित सरोकारवालाहरुको लागि अभिमुखिकरण गरिएको वडाध्यक्ष दुवाडीले बताउनु भयो।

कार्यक्रममा बालमैत्री स्थानीय शासन अबधारणा, बालमैत्री नगरपालिकाको लागि बालबालिका सम्बन्धि कार्यान्वयन निर्देशिका २०७८ अनुसारको कार्यान्वयनका तहगत खुड्किलाहरु, बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु, बिद्यालय तथा समुदाय तहमा बाल समूह गठन,पुर्नगठन तथा समुदाय परिचालन, बालबालिकामा लगानी योजना लगायत बिषयमा बाल अधिकार अभियन्ता तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो ।

अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले बालमैत्री स्थानीय शासन कार्यान्वयनमा सहकार्य गर्ने सामुदायिक प्रतिबद्धता गरेका छन् । अभिमुखिकरण कार्यक्रमकै क्रममा बालमैत्री स्थानीय शासन निर्देशिका २०७८ बमोजिम वडाध्यक्ष दुवाडीको अध्यक्षतामा १५ सदस्यीय बालमैत्री स्थानीय शासन वडा स्तरीय समिति गठन गरिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |