

धादिङ। धादिङको सदरमुकाम धादिङबेशीमा रहेको धादिङ अस्पतालले एक प्राइभेट अस्पतालको खुलेर विज्ञापन गरेको छ।
धादिङ अस्पतालले आफ्नो आधिकारिक फेसबुक पेजबाट धादिङबेशीमै सञ्चालित शहिद मेमोरियल अस्पतालको विज्ञापन गरेको हो।
अस्पतालले पेजमा शहिद मेमोरियल अस्पताल धादिङबेशीको पुछारबजारबाट बिचबजारमा सर्न लागेको विज्ञापन गरेको हो।
अस्पताललको आधिकारिक पेजमै निजि अस्पतालको विज्ञापन देखेपछि सर्वसाधारणले विरोध गरेका थिए। विरोधपछि धादिङ अस्पतालले पोष्ट गरेको शहिद मेमोरियल अस्पतालको विज्ञापन हटाएको छ।
सरकारी अस्पतालमा निजि अस्पतालको विज्ञापन किन ? भन्ने प्रश्नमा धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डाक्टर गगन अधिकारीले भन्नुभयो,‘म अहिले अफिसकै कामले काठमाडौं छु । कसरी त्यस्तो भयो साथीहरुसँग बुझ्दै छु । बाटोमा भएकोले राम्रोसँग कुरा गर्न सकिएको छैन । बुझेर आवश्यक कार्वाही अगाडि बढाउँछु।’





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |