

धादिङ । सदरमुकाम धादिङबेशीमा रहेको धादिङ अस्पतालको गत आर्थिक वर्ष २०८०/२०८१ को सेवाप्रवाह सम्बन्धी सामाजिक परीक्षण गरिएको छ।
मंगलबार धादिङ मिडिया नेटवर्कको आयोजना तथा धादिङ अस्पतालको संयोजनमा अस्पतालमा सामाजिक परीक्षण गरिएको हो ।
अस्पतालले प्रवाह गर्दै आएको सेवा प्रवाह, सेवाग्राहीको गुनासो तथा सेवालाई थप प्रभावकारी बनाउन सुझाव संकलन गर्ने उद्देश्यले सामाजिक परीक्षण गरिएको हो ।
कार्यक्रममा धादिङ अस्पतालले आर्थिक वर्ष २०८०/२०८१ मा प्रवाह गरेका सेवाहरु, आर्थिक हिसाव किताव र जनताको गुनासोहरु तथा सुझावहरु समेटेर धादिङ मिडिया नेटवर्कका सहजकर्ता मनिष दुवाडीले रिपोर्ट सार्वजनिक गर्नुभएको थियो।
सार्वजनिक गरिएको रिपोर्टमाथि छलफल गर्दै अस्पतालसंग सरोकार राख्ने नागरिक अगुवाहरुले अस्पतालले संचालन गरेका सेवाप्रवाहमाथि जिज्ञासा, टिप्पणी, तथा सुझाव दिएका छन् ।
अस्पतालले विगतका दिनहरुको तुलनामा केही वर्ष यता मारेको फड्कोको प्रशंसा गर्दै जिल्लाकै अस्पतालको रुपमा रहेको धादिङ अस्पतालप्रति नागरिकको अपेक्षा बढ्दै गएको सामाजिक लेखा परिक्षण कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
पहिले भन्दा अस्पतालले सेवा प्रवाहमा सुधार गरेको रविशेषज्ञसहितको सेवाले अस्पतालप्रति आम नागरिकको विश्वास बढेको सहभागीहरुले बताएका छन् ।
अझै अस्पतालले थुप्रै कुराहरुमा सुधार तथा परिस्कृत गर्दै जानुपर्ने पनि बताएका छन् ।अस्पतालको सेवाप्रवाह थप प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।
अस्पतालको भवनका लागि डिपिआर स्वीकृत गराउने कि परिमार्जन गर्ने भन्ने सवाल मूख्य रुपमा उठाएका छन् ।
अस्पतालमा डायलाइसिस गर्ने विरामी धेरै छन् । अस्पतालमा २० जनाले डायलाइसिस गरिरहेका छन् भने २२ जना पालो कुरिरहेका छन् । कर्मचारी र उपकरण अभावका कारण सेवा प्रभावित बनेको छ ।
सहभागीहरुले अस्पतालमा खानेपानी, शौचालय सरसफाई, अनलाइन टिकेट सेवा सुरु तथा विमाको लागि अर्को काउन्टर स्थापना गर्ने, फिजियोथेरापी फराकिलो ठाउँमा राख्ने र उपकरण थप्ने, अस्पताल भवन अपाङ्गतामैत्री हुनु पर्ने जस्ता सवालहरु उठाएका छन् ।
त्यस्तै, स्वास्थ्य सम्बन्धि ज्ञान तथा चेतना दुर दराजसम्म पुर्याउनु पर्ने भन्दै स्थानीय रेडियो, टेलिभिजन तथा आम सञ्चार माध्यममा डाक्टरसँग नागरिक कार्यक्रम सुरु गर्न समेत सहभागीहरुले सुझाव दिएका छन् ।
कार्यक्रममा उठेका जिज्ञासा तथा सवालहरुको सम्बोधन गर्दै धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डाक्टर गगन अधिकारीले अस्पताल प्रशासनको तर्फबाट समाधानका लागि हर प्रयास गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कतिपय दीर्घकालिन फाइदा पुग्ने योजना छन् । अस्पताल सञ्चालन समिति आइसकेपछि तत्काल अगाडी बढाइनेछ।’






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |