

काठमाण्डौ । पालिकाहरूलाई शिक्षकहरूको तलब भत्ता मासिक भुक्तानीको व्यवस्था गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनुरोध गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रका आधारमा सात सय ५३ वटै पालिकालाई परिपत्र गर्दै सामान्य प्रशासन मन्त्रालयले मासिक तलब भत्ता भुक्तानीको व्यवस्था गर्न अनुरोध गरेको हो ।
शिक्षा ऐन, नियमावली तथा प्रचलित कानूनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्था रहेको मन्त्रालयको परिपत्रमा उल्लेख छ ।
यसअघि शिक्षा मन्त्रालयले प्रचलित कानूनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेबापत पाउने तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै पालिकालाई परिपत्र गर्न भन्दै पत्र पठाएको थियो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूलाई मासिक रूपमा तलब निकासा गर्न पालिकाहरूलाई ताकेता गर्दै आएको थियो । चौमासिक रूपमा तलब पाउँदै आएका शिक्षकहरूले लामो समयदेखि मासिक तलब पाउने व्यवस्थाको माग गर्दै आएका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |