

फुलखर्क । गंगाजमुना गाउँपालिका वडा नं ५ स्थित फुलखर्कमा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको छ ।
गंगाजमुना गाउँपालिकाको आयोजना तथा प्रयास नेपाल धादिङ र आड्रा नेपालको साझेदारीमा संचालित उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना अन्तरगत मंगलबार १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको हो ।

लैंगिक हिंसा विरुद्ध सचेतना फैलाउने उद्देश्यले आयोजित प्रतियोगितामा शिवालय माध्यमिक विद्यालय प्रथम,महालक्ष्मी माध्यमिक विद्यालय दोस्रो, मण्डली माध्यमिक विद्यालय तेस्रो र बद्री विशाल माध्यमिक विद्यालयका बालबालिकाहरु सान्त्वना भएका छन् ।
प्रतियोगितामा कुल ११ माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भक्तबहादुर लामाले लैंगिक हिंसाले समुदायमा पार्ने नकारात्मक प्रभावबारे चर्चा गर्दै हिंसा अन्त्यका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

उहाँले भन्नुभयो,लैंगिक हिंसाका कारण पहिचान गरी त्यसलाई अन्त्य गर्न समुदायको भूमिका महत्वपूर्ण छ। हिंसाबाट जोगिनका लागि सबैको सक्रिय सहभागिता जरुरी छ।
अध्यक्ष लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रामेश्वर सिंखडा तथा विभिन्न वडाका वडा अध्यक्षहरूको बिशेष उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले हिंसा गर्दिन, सहदिन, र देखेमा प्रतिकार गर्छु भन्ने संकल्प गर्दै हस्ताक्षर गरेका थिए।

१६ दिने अभियान अन्तर्गत यसअघि गंगाजमुना गाउँपालिकाका विभिन्न वडाहरूमा सडक नाटक, लोकगीत प्रतियोगिता, विद्यालयहरूमा सचेतनामूलक भिडियो प्रदर्शन, महिला तथा कृषक समूहमा अभिमुखीकरण ,लैगिक हिंसा बिरुद्धका सचेतनामुलक ब्रुसर वितरण लगायतका कार्यक्रमहरू संचालन गरिएको प्रयास नेपाल धादिङका जेण्डर एसोसियट शर्मिला गुरुङले जानकारी दिनुभयो।

१६ दिने लैगिक हिंसा बिरुद्धको अभियान अन्तरगत संचालित बिभिन्न कार्यक्रमले विद्यालय तहका बालबालिकाहरु र समुदायमा लैंगिक हिंसाबारे सचेतना फैलाउने तथा सामुदायिक प्रतिबद्धता सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
सहभागीहरूले यस्ता कार्यक्रमले युवाहरू र समुदायलाई लैंगिक हिंसा विरुद्ध जागरूक बनाउन प्रेरित गरेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने बताएका छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |