

काठमाडौं । नेपाल मगर विद्यार्थी संघ बागमती प्रदेश समितिले मगर विद्यार्थीहरुलाई सिपमुलक तालिम प्रदान गरेको छ।
बिहिबार त्रिचन्द्र बहुमुखी क्याम्पस काठमाडौँमा भएको तालिममा विभिन्न क्याम्पसमा अध्ययनरत देशभरका ३५ जना मगर विद्यार्थी सहभागी थिए ।
तालिममा प्रशिक्षकहरु मसलि तामाङ र बिनिता श्रेष्ठले कागजबाट ब्याज, विभिन्न फूलहरू बनाउन सिकाउनु भएको थियो ।
नेपाल मगर विद्यार्थी संघ बागमती प्रदेश समिति अध्यक्ष रिया लुङेलि मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय अध्यक्ष चित्र बहादुर पुलामी मगरको प्रमुख आतित्यथा रहेको थियो ।
बिद्यार्थीहरुलाइ आर्थिक उपार्जनसँग जोड्ने उद्धेश्यले सिपमुलक तालिम प्रदान गरिएको संस्थाका सचिव तारा तुम्सिङ मगरले बताउनुभयो ।
बिद्यार्थीहरुले आफ्नो फुर्सदको समयलाइ सदुपयोग गर्दै कागजबाट ब्याज तथा फुलका सजावटका सामग्रीहरु बनाएर आफुलाई आवश्यक पर्ने पकेट खर्च निकाल्न सक्ने विश्वास लिएको सचिव मगरको भनाइ छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |