

धादिङ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको थाक्रे गाउँपालिका–६ र ७ को सिमाना फेदीबजारमा मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
आज दिउँसो पोखराबाट काठमाण्डौ तर्फ जादै गरेको ग १ ख ९८६८ नं. को बसले आठकिल्लामा केवलको तार तान्दै बाटो काट्ने क्रममा सुनसरीको धरान उपमहानगरपालिका-१७ बस्ने बर्ष २३ को सुदेश सुनुवारलाई ठक्कर दिएको प्रहरी चौकी महादेववेशीले जानकारी दिएको छ ।
ठक्करबाट घाईते भएका सुनुवारलाई उपचारका लागि धार्के स्थित साईबाबा सामुदायिक अस्पतालमा पु¥याए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटना पछी बस,चालक सोम बहादुर जि.टी र सह–चालक कृष्ण बि.क नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । अहिले राजमार्गमा कुनै अबरोध नभएको पनि प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |