

धादिङ- धादिङका एक जना युवकको जापानमा मृत्यु भएको छ ।
सिद्धलेक गाउँपालिका २ नलाङ घर भइ हाल जापानको साइतामा प्रिफेक्चरमा बस्दै आएका २३ बर्षिय बाबु श्रेष्ठ (दिनेश) को मृत्यु भएको हो ।
अध्ययनका लागि जापान पुगेका श्रेष्ठको २०२४ जुन ६ मा (नेपाली समयअनुसार २४ गते बिहिबार)मृत्यु भएको धादिङ समाज जापानका महासचिव बिजय सडौलाले बागमती कलमलाई जानकारी दिनुभयो ।
प्राप्त जानकारी अनुसार श्रेष्ठ आफैँले मृत्युको बाटो रोजेको खुल्न आएको छ ।
१३ महिना अघि मात्र अध्ययनका लागि जापान पुगेका उनी प्रिफेक्चरमा रहेको न्यु एसिया इन्टरनेश्नल एकेडेमीको जापानी भाषा संकायमा अध्ययनरत थिए ।
धादिङ समाज जापानले श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै उनको दाहसंस्कारको लागि जापानवासी नेपालीबीच आर्थिक सहयोग गर्न अपिल गरेको छ ।
नेपालबाट घर परिवार र आफन्तजनहरुको सल्लाह अनुसार शवको दाहसंस्कार जापानमै गरिने तयारी भएसँगै परिवारको आर्थिक अवस्था कमजोर रहेकोले दाहसंस्कार गर्नको लागि खर्च अभाव भएको भन्दै समाजले जापानमा क्रियाशील सम्पूर्ण संघ–संस्था, समाज, संगठन एंव जापान बासी नेपालीहरुमा सहयोगको लागी अपिल गरेको छ ।
सहयोगको लागि धादिङ समाज जापानको बैंक खाता jp post bank, 10060–49949891 खातामा पैसा पठाउन सकिने पनि समाजले जानकारी दिएको छ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |