

चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै यात्रुबाहक बस त्रिशुली नदी किनारमा खसेको छ ।
बाँकेको नेपालगञ्जबाट काठमाडौं तर्फ आउँदै गरेको भे १ ख ४०६२ नम्बर बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कार आज बिहान साढे ७ बजेतिर एकापसमा ठोक्किदा बस त्रिशुली नदी किनारमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनकी इन्सपेक्टर निरला भण्डारीले जानकारी दिनुभयो ।
दुर्घटनामा कम्तिमा १२ जना घाइते भएका छन् । केही यात्रु गम्भीर घाइते भएका छन् ।
बस त्रिशुली नदी किनारमा खसे पनि कार भने सडक किनारमै छ ।कारमा सवार २ जना र बस चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
अन्य केही यात्रुहरु पनि घाइते भएका र उनीहरुलाई अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनकी इन्सपेक्टर भण्डारीले बताउनुभयो । तस्विर:रामहरी थापा





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |