

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा लेदोसहितको पहिरोले दुई वटा बस बगाएको छ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालका अनुसार आज बिहान अन्दाजी साढे ३ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलताल भन्ने स्थानमा पहिरोले दुई वटा बस बगाएको हो ।
विरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रुवाहक बस र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बसलाई पहिरोले बगाएको डिएसपी रिजालले जानकारी दिनुभयो ।
प्रारम्भिक जानकारीअनुसार ती बसमा गौर जाँदै गरेको बसमा ४१ जना र काठमाडौँ आउँदै गरेको बसमा २४ जनासहित ६३ जना रहेको अनुमान छ ।
यकिन विवरण भने आई नसकेको उहाँले बताउनुभयो। दुबै बस त्रिशूली नदीमा खसेको आशंका छ ।
खबर पछि एसपी, डिएसपी, लगायतको कमाण्डमा ७५ जनाको टोली घटनास्थलमा खटिएका छन्।पहिरोले दुबैतर्फ सडक अवरोध भएको छ। filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |