

धादिङ । गणेश हिमाल वेस क्याम्पमा फसेका तिन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
पर्यापर्यटन प्रवर्द्धन र प्रचारप्रसार सहित अध्ययन अनुसन्धानको लागि पुगेकोे भ्रमण टोलिका विरामी सहित ६ जनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
उद्धार गरिएका मध्ये ३ जना डिभिजन वन कार्यालय धादिङका प्रमुख बिष्णु प्रसाद आचार्य, रेन्जर अनुसुया ढुंगाना र पत्रकार आकाश लम्साललाई रुवीभ्याली गाउँपालिका–४ सेर्तुङको हिन्दुङ हुँदै काठमाडौं लगिएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिनुभयो ।
रुवीभ्याली गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको २७ जनाको टोली कात्तिक २२ गतेदेखी १० दिनका लागि रुवीभ्याली यात्रामा थिए ।
उनीहरु लेक (हाइ अल्टिच्युट) र चिसोका कारण गणेश हिमाल बेसक्याम्प नजिक धादिङको रुवीभ्याली गाउँपालिका–४ बगममा फसेका थिए ।
बुधबार दिनभर उद्धारको प्रयास भएपनि खराब मौसमका कारण हेलिकप्टर ल्याण्ड गर्न नसकेर नेपाली सेनाको हेलिकप्टर फर्किएको थियो ।
हिन्दुङ पुगेका उनीहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगिएको अर्यालले बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार उद्धार गरिएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
पर्या पर्यटन प्रवर्धन गर्न र अध्यायन अनुसन्धान गरि सो क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गर्नका लागि तिप्लिङको लिंजो हुँदै टोली गएको थियो ।
गणेश हिमाल र प्यालदोर हिमालको फेदीबाट बेसक्याम्पतिर जानेक्रममा उनिहरु बिरामि परेका हुन्।
२७ जना मध्ये ११ जना बुधबार नै फोन लाग्ने ठाउमा पुगेपछि फोन गरेर उद्धार गर्न आग्रह गरिएको संचारकर्मी मिलन तिमिल्सिनाले बताउनुभयो ।
१३ जनाको टोली हिडेर हिन्दुङतर्फ आउदै गरेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |