

आज बैतडीका चार स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्।
विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा लाग्ने जात्राको अवसरमा दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकाले स्थानीय सार्वजनिक बिदा दिएका हुन्।
सार्वजनिक बिदाका दिन पालिकाभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था, बैंक तथा बित्तीय संस्था लगायतमा बिदा रहने उल्लेख छ।
मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाले बिहीबार पनि बिदा दिएका थिए।
दशरथचन्द नगरपालिकाले नगरपालिका-४ स्थित प्रसिद्ध जगन्नाथ मन्दिर, वडा नं ११ सीमस्थित ग्वाल्लेक केदार मन्दिर र दनपा- १ सतपालीस्थित दानेश्वर नागार्जुन मन्दिरमा जात्रा लाग्ने भएकाले शुक्रबार सार्वजनिक बिदा दिएको हो।
यस्तै मेलौली नगरपालिकाले वडा नं.१ स्थित प्रसिद्ध मेलौली भगवती मन्दिरमा लागेको जात्राको अवसरमा बिहीबार र शुक्रबार बिदा दिएको छ भने शिवनाथ गाउँपालिकाले वडा नं.४ स्थित प्रसिद्ध देहीगडा भगवती मन्दिरमा लागेको जात्राको अवसरमा बिदा दिएको हो ।
यस्तै सुर्नया गाउँपालिकाले वडा नं.५ बरायलस्थित फाल्ङाशैनी भगवती मन्दिरमा लागेको जात्राको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |