

धादिङ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउपालिका वडा नं १० स्थित हुग्दीखोला नजिकैबाट ट्रक त्रिशुली नदीमा खसेको छ।
पूर्वी नवलपरासीबाट काठमाडौतर्फ आउँदै गरेको लु २ ख २५० नम्वरको ट्रक जोगीमारास्थित हुग्दी खोला नजिकैबाट त्रिशुली नदीमा खसेको हो।
चामल लिएर काठमाडौं तर्फ आउँदै गरेको सो ट्रकमा सवार तीन जना घाइते भएका छन्।ट्रक पुरै नदीमा डुबेको अवस्थामा रहेको छ।दुर्घटनाको कारण भने खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी एवम प्रहरी निरिक्षक प्रल्हाद सिलवालका अनुसार दुर्घटनामा परी १८ वर्षीय चालक आषिस महतो, सहचालक २६ वर्षीय राजु थापा मगर र तनहुको खैरेनी घर भएका ४६ सुरेश गुरुङ्ग घाइते भएका छन् ।
घाईतेहरुको उद्वार गरी उपचारको लागि काठमाण्डौ पठाइएको प्रहरी निरिक्षक सिलवालले बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |