

काठमाण्डौ- नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अवरुद्ध भएको छ ।
काठमाण्डौको चन्द्रागिरि नगरपालिका–२ बाँडभञ्ज्याङका सुरुङमार्ग प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाबाट उचित क्षतिपूर्ति नपाएसम्म सुरुङमार्गको काम अघि बढ्न नदिने भन्दै गएको आइतवारदेखि निर्माण कार्य ठप्प पारेका छन् ।
सुरुङमार्गअन्तर्गत फ्लाईओभर क्षेत्रमा समेत संरचना निर्माण अवरुद्ध भएको छ ।
सुरुङमार्गको माथिपट्टि पर्ने जग्गामा बनेका सात वटा घर चर्किएपछि नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले ती संरचनाको क्षतिपूर्ति दिने प्रक्रिया अघि बढाएको छ ।
तर स्थानीयवासीले घरसँगैको जग्गाको पनि मुआब्जा दिनुपर्ने माग गरेका चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले बताउनुभयो ।
सुरुङमार्ग निमार्णका क्रममा घरहरूमा समस्या आएको, चिरा परेको र पानी सुकेको भन्दै स्थानीयवासीले आन्दोलन गरिरहेका छन् ।सरकारले पटक–पटक वार्ता, भेटघाट तथा आश्वासन देखाए पनि आयोजनाले मागको सुनुवाइ नगरेको उनीहरूको भनाइ छ। filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |