

खनियावास । धादिङको खनियावास गाउँपालिका–२ स्थित कलङम्रङ मण्डली चर्च भवनमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिकाको आयोजना तथा प्रयास नेपाल धादिङको सहकार्यमा भएको कार्यक्रममा महिला समूह, सामुदायिक संस्थाका,कृषक समुहका प्रतिनिधिहरु, झार्लाङ, बेन्दिदेवी र सिङ्ला गरि ३ वटा माध्यमिक विद्यालयका कक्षा ८ देखि १० का विद्यार्थीहरु, र जनप्रतिनिधिको सहभागिता थियो ।

कार्यक्रममा लैंगिक हिंसाका कारण, प्रभाव र रोकथामका उपाय र सिफारिस प्रणालीकोबारे छलफल गरिएको लैगिक सहायक शर्मिला गुरुङले बताउनुभयो ।
कार्यक्रमका क्रममा धादिङ जिल्ला र खनियावास गाउँपालिकामा महिलाहरुको अवस्था ,सवाल तथा बालविवाह अवस्था ,असर र लैंगिक हिंसाका कारण, हिंसाले पार्ने असर, तथा यसलाई रोक्न व्यक्तिहरु, महिला समूह, बाल क्लब, सामाजिक कार्यकर्ता, वडा कार्यालय, महिला तथा बालबालिका शाखा र कार्यपालिकाको भूमिका बारेमा अन्तरक्रिया गरिएको गुरुङले बताउनुभयो ।
कार्यक्रममा प्रयास नेपालका कार्यकारी निर्देशक तथा सहजकर्ता रेनुका रुपाखेती, लैंगिक सहायक शर्मिला गुरुङ र खनियावास गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सन्ध्या उपाध्यायले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा सहभागीहरुले सामुदायिक प्रतिबद्धता व्यक्त गर्दै, म हिंसा गर्दिन, म हिंसा सहदिन, र हिंसा भएको देखेमा प्रतिकार गर्नेछु भनी हस्ताक्षर गरेका छन्।
कार्यक्रमले स्थानीयस्तरमा लैंगिक हिंसा रोकथाम र बालविवाह न्यूनीकरण गर्न सहयोग पुग्नेछ। सहभागीहरुले कार्यक्रमलाई फलदायी रहेको भन्दै यस्ता सचेतनामूलक अभियानलाई निरन्तरता दिन आग्रह गरेका सामुदायिक सहजकर्ता मनिष तामाङ जानकारी दिनुभयो ।







आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |