

बच्छला ।धादिङको खनियावास गाउँपालिका-५ स्थित बच्छला माध्यमिक विद्यालयमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
खनियावास गाउँपालिकाको आयोजना तथा प्रयास नेपाल धादिङ र आड्रा नेपालको साझेदारीमा संचालित उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना अन्तरगत सोमबार विद्यालयमा सचेतनामुलक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा महिला समूह, सामुदायिक संस्थाका,कृषक समुहका प्रतिनिधिहरु, बच्छलादेवी माध्यमिक विद्यालयका कक्षा ८ देखि १० का विद्यार्थीहरु र जनप्रतिनिधिको सहभागिता रहेको थियो ।
खनियावास गाउँपालिका वडा नं ५ का वडाध्यक्ष रविन कुमार तामाङको अध्यक्षतामा भएको कार्यक्रममा लैंगिक हिंसाका कारण, प्रभाव र रोकथामका उपाय र सिफारिस प्रणालीकोबारे छलफल गरिएको लैगिक सहायक शर्मिला गुरुङले जानकारी दिनुभयो।
कार्यक्रममा धादिङ जिल्ला र खनियावास गाउँपालिकामा महिलाहरुको अवस्था ,सवालहरु तथा बालविवाह अवस्था ,असर र लैंगिक हिंसाका कारण, हिंसाले पार्ने असर र हिंसा तथा वालबिवाह रोक्न व्यक्ति, महिला समूहका सदस्यहरु, बाल क्लबका पदाधिकारीहरु सामाजिक कार्यकर्ता, वडा कार्यालय, महिला तथा बालबालिका शाखा र कार्यपालिकाको भूमिका र उत्तरदायित्वका बारेमा अन्तरक्रिया भएको थियो ।

कार्यक्रममा प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल तथा सहजकर्ता रेनुका रुपाखेती, लैंगिक सहायक शर्मिला गुरुङ, र खनियावास गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सन्ध्या उपाध्यायले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा सहभागीहरुले सामुदायिक प्रतिबद्धता व्यक्त गर्दै, म हिंसा गर्दिन, म हिंसा सहदिन, र हिंसा भएको देखेमा प्रतिकार गर्नेछु भनी हस्ताक्षर गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष रविन कुमार तामाङले यस्ता सचेतनामुलक कार्यक्रमले स्थानीय स्तरमा लैंगिक हिंसा रोकथाम र बालविवाह न्यूनीकरण गर्न सहयोग पुग्ने र कार्यक्रमलाई फलदायी रहेकोले आगामी दिनमा यस्ता सचेतनामूलक अभियानलाई निरन्तरता दिने बताउनुभयो ।







आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |