

धादिङ । सिद्धलेक गाउँपालिका–२ नलाङस्थित नलाङ स्वास्थ्य चौकीमा मोतिया विन्दु छनौट आँखा परीक्षण गरिएको छ ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ, तिलगंगा शल्यक्रिया आँखा केन्द धादिङको आयोजनामा तथा सिद्धलेक गाउँपालिकाको सहकार्यमा सञ्चालन भएको मोतिया बिन्दु छनौट शिविरमा ५३ जनाले आँखा जाँच गराएका छन् ।
जसमध्ये ७ जनामा मोतियाविन्दु समस्या देखापरेको नलाङ स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी लक्ष्मी थापा मगरले जानकारी दिनुभयो ।
मोतिया बिन्दु भएका बिरामीको जेठ ७ र ८ गते तिलगंगा शल्यक्रिया आँखा केन्द धादिङबेशीमा निःशुल्क शल्यक्रिया गरिने उहाँले बताउनुभयो ।
आँखा शिविर आज सिद्धलेक–३ को सलाङ स्वास्थ्य चौकीमा सञ्चालन हुँदै छ भने भोलि सिद्धलेक–६ को कुम्पुर स्वास्थ्य चौकीमा सञ्चालन हुने छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |