

अहिले देशभर मौसम परिवर्तनसँगै गर्मी बढेको छ। अत्यधिक तापक्रम, धुलो, धुँवा र प्रदूषित वातावरणको कारण गर्मीयाममा स्वास्थ्यमा नकरात्मक असर पर्ने गर्छ।
गर्मी बढेसँगै अहिले खासगरी छालासँग सम्बन्धित समस्याहरु, भाइरल ज्वरो, रुघाखोकी, टाइफाइड ज्वरो, पेट दुख्ने, झाडापखाला, बान्ता हुने, फुड पोइजन जस्ता स्वास्थ्य समस्या बढेका छन्।
प्रायःजसो यस्ता समस्याहरु अस्वस्थ्यकर खानपान र बानीव्यहोराका कारण हुनेगर्छ। कहिलेकाहीँ सामान्य जस्तो लागेर बेवास्ता गर्दा यस्ता समस्याले ज्यानै खतरामा पुर्याउन सक्छ। यी समस्याबाट बच्न निम्न सावधानी अपनाउनु जरुरी देखिन्छ।
१. हाइड्रेसन मेन्टेन अनिवार्य
उमालेर सेलाएको शुद्ध पानी प्रशस्त पिउनुहोस्। कोल्ड ड्रिक्सलाई सकेसम्म त्याग्नुस्। यसले शरीरमा झनै डिहाइड्रेसन गराउँछ। घरमा, काममा वा अफिसमा पानी पिउन कन्जुस्याइ नगर्नुहोस्। लस्सी, मही तथा सन्तुलित सर्वत पानी पिउनु पनि उपयोगी हुन्छ तर स्वास्थ्यकर हुनुप¥यो।
२. जंक फुड त्याग्नुस्
जंक फुड प्रायः सबै मौसममा हानिकारक नै हुन्छ। झन् गर्मीमा जंक फुड त टाइफाइड ज्वरो, पेट दुख्ने, झाडापखाला, बान्ता हुने, फुड पोइजन जस्ता मौसमी सरुवा रोगको प्रमुख कारण नै हो। खानेकुराको सवालमा कुरा गर्दा खाना स्वास्थ्यकर, सफा र यसको भण्डारण पनि स्वस्थकर ढंगबाट भएको हुनुपर्छ। रोगी, बालबालिका र वृद्धहरुको रोगप्रतिरक्षा शक्ति कमी हुने भएकोले यस्ता खानाको प्रयोगले तिनीहरु झनै पीडित हुन्छन्।
३. स्किन केयर गर्नुस्
उच्च वातावरणीय ताप र घामबाट बच्न छाताको प्रयोगसँगै हातखुट्टा ढाक्नेगरी कटनको खासगरी सेतो रङ्गको कपडा प्रयोग गर्नुहोस्। बाहिर हिँडडुल गर्दा सन ग्लास प्रयोग गर्नुस्। चिकित्सकको सल्लाह अनुसार एन्टी सन प्रोटेक्सन क्रिमको प्रयोग गर्नुहोस्। याद गर्नुस्, बजार, फार्मेसी वा व्युटी पार्लरमा पाइने यस्ता क्रिम विना स्किन टेस्ट प्रयोग गर्नु हँुदैन। किनभने यस्ता क्रिमले छालामा एलर्जिक रिएक्सन गरी कुरुप पनि बनाउन सक्छन् ।
४. स्वास्थ्यकर खानेकुरा खानुहोस्
सिजनेवल सागसब्जी, प्रशस्त फलफूल र झोलिलो खानेकुरा खानेकुरा खानुहोस्। चुरोट र मदिरा सेवनकर्ताको ज्यान गर्मीमा झनै जोखिममा हुन्छ।
५. घर तथा वातावरणीय सरसफाइ अनियार्य
अहिले देशैभरि डेंगु ज्वरोको प्रकोप बढेको अवस्था छ। घर वरिपरि सफा गर्न आवश्यक छ। लामखुट्टे र सर्पको टोकाइबाट बच्न वातावरण सफाइ गर्नुपर्छ। डेंगु गराउने लामखुट्टेले दिउँसो टोक्ने हुनाले लामखुट्टेको टोकाइबाट सधैं बच्नुपर्छ। साथै घरभित्र पानी जम्न दिनु हुँदैन। – स्वास्थ्य खबरपत्रिका





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |