

नेपालमा कोभिड–१९ को नयाँ ‘सब भेरियन्ट’ केपी पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार गएको दुई महिनायता देशभर कोभिड–१९ पुष्टि भएका ४२ जनाको नमुनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनामा ओमिक्रोन भेरियन्टको सब भेरियन्ट केपी ‘वान’ र १७–जनामा केपी ‘टू’ पुष्टि भएको हो।
यस्तै एक जनामा केपी ‘थ्री’ र एक जनामा केपी ‘फो’ सब भेरियन्ट देखिएको छ ।
केपी सब भेरियन्ट अत्यधिक चाँडो फैलनसक्ने प्रयोगशालाले जारी गरेको सूचनामा उल्लेख गरेको छ । केपी सब भेरियन्टको लक्षण अन्य भेरियन्टको तुलनामा खासै फरक नभएको र याे भेरियन्टमा नाकबाट पसिना आउने, घाँटी दुख्ने, खोकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने, जीउ दुख्ने, कमजोरीपनजस्ता पुरानै लक्षण देखिएको पाइन्छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |