

धादिङ । थाक्रे गाउँपालिका वडा नम्बर ५ मा बालक्लव संजाल समिति गठन गरिएको छ।
शुक्रबार एक कार्यक्रमका बिच थाक्रे-५ को आदर्श माविमा कक्षा ८ मा अध्ययनरत छात्रा दिक्षिणा थोकरको अध्यक्षतामा १७ सदस्यीय बालबालक्लव संजाल समिति गठन गरिएको हो ।
समितिमा आदर्श मावि, शिवशंकर आवि र शारदा आवि का विद्यार्थीहरु सहभागी छन् ।
गाउँपालिका उपाध्यक्ष तथा पालिका स्तरीय बाल संरक्षण समितिका संयोजक यन्त्रबहादुर थापाज्यूको अध्यक्षतामा भएको कार्यक्रममा थाक्रे ५ का वडा अध्यक्ष सन्तबहादुर तामाङ, न्यायीक सहजकर्ता सुनिता कंडेल, सोही शाखाका नायब सुब्बा रोजिना रिजाल, शिव शंकर आविका प्रधानाध्यापक बिष्णु पौडेल, शारदा आविका शिक्षक नरेन्द्र तामाङ,फोकल पर्सन विजय श्रेष्ठ लगायतको उपस्थिति थियो भने कार्यक्रम गाउँपालिकाको महिला बालबालिका शाखा प्रमुख कमला पन्थीले संचालन गर्नुभएको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |