

धादिङ । धादिङमा सामुहिक बलात्कार गरेको आरोप लागेका तीन जनालाई जेल सजाय सुनाइएको छ ।
चारवर्ष अघि १६ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले दुईजनालाई १३ वर्ष र एकजनालाई १४ वर्ष जेल सजाय सुनाएको हो ।
गंगाजमुना गाउँपालिका–३ का २७ वर्षीय राजकुमार तामाङलाई १४ वर्ष,३१ वर्षीय बुद्धिमान तामाङ र १९ वर्षीय सुमित गरुङलाई १३/१३ वर्ष जेल सजाय सुनाएको हो ।
जिल्ला न्यायधिस गोपालप्रसाद वास्तोलाको जेठ १६ गतेको ईजलासले जनही १२ वर्ष कैद गर्दै मुद्दा र कसुरदारहरुको अपराधको प्रकृति हेरि कसुरदारमध्ये राजकुमार तामाङलाई थप २ वर्ष र बुद्धिमान तामाङ र सुमित गुरुङलाई थप एक/एक वर्षको कैद सजाय गर्ने ठहर गरेको धादिङ अदालतका श्रेस्तेदार माधव भण्डारीले बागमती कलमलाई जानकारी दिनुभयो ।
कसुरको प्रकृति अनुसार राजकुमार तामाङलाई २० हजार रुपैयाँ जरिवाना गर्ने पनि फैसलामा उल्लेख गरिएको श्रेस्तेदार भण्डारीले बताउनुभयो ।
उनीहरुले ०७६ चैत १ गते सामुहिक बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धादिङमा ०७६ चैत २ गते उजुरी दिएका थिए।
उजुरी गरेको दिन धादिङ अस्पतालमा पीडितको स्वास्थ्य परिक्षण गरिएको र जिल्ला अदालतमा ०७६ चैत २८ गते मुद्दा दर्ता भएको थियो ।
पछि पीडक पीडितको डिएनए परिक्षण समेत भएको थियो ।डिएनए परिक्षण प्रतिवेदन समेतको आधारमा मुद्दाको चारवर्षपछि अन्तिम किनारा लागेको हो ।
२१ पटकको पेसीपछि वास्तोलाको ईजलासले ०८१ जेठ ७ गते कसुर कायम गर्नुभएको थियो ।
सामुहिक रुपमा भएको घटना र बलात्कार पछिको प्रमाण संकलनको क्रममा डिएनए परिक्षण गर्न नेपाल विधि विज्ञान प्रयोगशालाबाट प्रतिवेदन आउन ढिलाइ भएपछि मुद्दा फैसलामा समेत ढिलाई भएको धादिङ अदालतका श्रेस्तेदार भण्डारीले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |