

धादिङ-राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले धादिङकी सन्तोषी श्रेष्ठसहित ८ जना खेलाडीलाई पुरस्कृत गरेको छ ।
मंगलबार गणतन्त्र दिवसका अवसरमा चार खेल (एथलेटिक्स र शारीरिक सुगठनका ३–३,मुवाँथाई र उसुका १–१ खेलाडी) गरी ८ खेलाडीलाई नगदसहित पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेमा एथलेटिक्सबाट धाविका धादिङको ज्वालामुखी गाउँपालिका निवासी सन्तोषी श्रेष्ठसँगै राजपुरा पछाईं र राममाया बुढा रहेका छन् ।
धादिङकी सन्तोषीले बंगलादेशमा ढाका म्याराथनको दक्षिण एसियाली प्रतिस्पर्धामा स्वर्ण जितेकी थिईन् । राखेपले उनल नगद ९० हजारसहित पुरस्कृत गरेको हो ।
यस्तै धाविकाद्धय राजपुरा र राममायाले नेपालमा सम्पन्न १६ औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपको व्यक्तिगत र टिमतर्फ रजत पदक जितेका थिए ।राजपुरा र राममायाले ५५–५५ हजार पाए ।
शारीरिक सुगठनबाट ललित धिमाल, रजनी श्रेष्ठ र समन मुलगुठी,मुवाँथाईबाट गुणराज रुचाल र उसुबाट विजय सिंजाली पुरस्कृत भएका छन् । उनीहरुले समान ९० हजार प्राप्त गरे । कुल ६ लाख ५० हजार रुपैयाँ पुरस्कार वितरण गरिएको राखेपले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |